वि.सं:
नेपाल संवत: ११४५ ञलाथ्व चतुर्दशी - १४
नेपालमा स्वास्थ्य रक्षा एवं रोगको उपचारसम्बन्धि ज्ञानको भण्डारका रूपमा आयुर्वेद परापूर्व कालदेखि निरन्तर प्रचलित छ । आयुर्वेद मानवको स्वास्थ्य रक्षा, स्वास्थ्य सम्बर्द्धन, रोग प्रतिषेध तथा उपचारका लागि उपयोगी सरल, सुलभ, एवम् निरापद् औषधि उपायहरूको विपूल भण्डार भएको विश्वकै प्राचिनतम् विज्ञान हो ।
यो विगतमा मात्र नभई वर्तमान र भविष्यका लागि पनि त्यत्तिकै उपयोगी, सार्थक र महत्वपुर्ण छ । अहिले आयुर्वेदका सिद्धान्त, मान्यता, अभ्यास, अनुभवहरूलाई वर्तमानमा सबैले बुझ्न र आत्मसात गर्न सक्ने गरी पुन:व्याख्या र पुनर्पुष्टि गर्नका लागि आयुर्वेद क्षेत्रमा थप शोध-खोज-अनुसन्धान गर्ने उद्देश्यका साथ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको स्थापना गरिएको हो ।