हाम्रा उद्देश्य

  • आयुर्वेद अनुसन्धान तालिमका क्षेत्रमा कामगर्ने

  • आयुर्वेदसम्बन्धी प्राचीन साहित्य, अभिलेख, औषधि एवं जडिबुटी, चिकित्सा, प्रयोगशाला परिक्षण, आरोग्य, आहार एवं पोषण तथा मौलिक सिद्वान्तको अनुसन्धान, अभिलेखन, वैज्ञानिकिकरणलगायतका कार्य गर्ने, गराउने

  • आयुर्वेदसँग सम्बन्धित काम गर्ने विभिन्न निकायसँग सहकार्य तथा समन्वय गर्ने

  • व्यवसायिक रूपमा गरिने जडीबुटी खेती, औषधि उत्पादन उपयोग सम्बन्धी कार्यलाई प्रोत्साहन गर्ने

  • आयुर्वेदको विकासको लागि विभिन्न किसिमको गोष्ठी तथा सेमिनार सञ्चालन गर्ने, गराउने

  • लोप हुनलागेका जडीबुटीहरूको संरक्षण, सम्बर्द्धन तथा विस्तारको लागि विभिन्न माध्यमबाट नमूना जडीबुटी उद्यान निर्माण, अनुसन्धान, उत्पादन, प्रशोधन, वितरण, व्यवस्थापन सम्बन्धी कार्य गर्ने

  • जडीबुटी खेती, संरक्षण, प्रविधि तथा हस्तान्तरण सम्बन्धी कार्यमा सम्बन्धित निकायसँग समन्वय गरी सो क्षेत्रमा संलग्न व्यक्ति संस्थालाई आवश्यक सहयोग उपलब्ध गराउने